फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिय विशेष आवास भवन पर्यटन

(GMT+08:00) 2017-10-27 09:35:33

ताउ फू जिल्ला स छ्वान प्रान्तको कान चि तिब्बती जातीय प्रिफेक्चरको उत्तर-पूर्वी भागमा पर्दछ। खाङ्ग तिङ्ग विमानस्थलबाट ताउ फू जिल्लासम्म जाने मार्गमा नीलो आकाश、सेतो बादल、हरियो पहाडबाहेक सबैभन्दा ध्यानाकर्षक द्दश्य यहाँको तिब्बती विशेष आवास भवन हो। सेतो छत、रातो पर्खाल、पर्खालमा रहेको रँगीन चित्रद्वारा नजर आकर्षित गरिएको छ। 73 वर्षकी तिब्बती बासिन्दा चाङ्ग क्वी चले आफ्नो आवास भवनमा खानेकुरा पकाउँदै भोलि आउने पहिलो खेपका पर्यटकको स्वागत गर्न तयारी गरिरहेकी छिन्। हाल केही वर्षयता ताउ फू जिल्लाले शक्तिशाली रुपमा तिब्बती जातीय आवास पर्यटनको विकास गर्दै घरेलू होटेल अर्थात् होमस्टेको विकास गर्न प्रेरित गर्दै आएको छ। यस जिल्लाका धेरै घरले ताउ फू आकास परिषदमा भाग लिएका छन्।
जानकारी तथा लेखहरु