फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँका अस्पतालहरुमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

(GMT+08:00) 2017-10-27 14:46:30

नेपालको राजधानी काठमाडौंका अस्पतालहरुमा रगत अभाव देखिएको छ। अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन्। चाड-पर्व अघि रगत अभाव नभएपनि दशैं, तिहारपछि बजारमा रगत अभाव भएको अनलाइन खबरले लेखेको छ।

नेपाल रेडक्रसले अस्पताल तथा बिरामीहरुबाट रगतको माग बढेको तर तिहार तथा छठ जस्ता महत्त्वपूर्ण चाडको समयमा रक्तदान शिविर र दाताहरुको संख्यामा कमी भएकोले आपूर्ति घट्दा काठमाडौंमा रक्त अभाव भएको जनाएको छ। रक्तसञ्चार केन्द्रकी निर्देशक डाक्टर मनिता राजकर्णिकारले चाडबाडको समयमा विगतमा पनि रगत समस्या हुने गरेको बताउँदै तिहार र छठमा मौजाद कम भएको बताउनुभयो। 'यसपालिको दशैँमा दाताहरुको संख्या घटेको थिएन तर, अहिले तिहार तथा छठ पर्वको समयमा अभाव भएकोले विशेष क्याम्प सञ्चालन र अनुरोध गरिएको हो', उहाँले भन्नुभयो।

काठमाडौंको रगत अभावपछि रेडक्रसले रक्तदान गर्न सबैमा आग्रह गरेको छ। नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको पुरानो भवन रहेको खुला ठाँउमा बिहीबारदेखि विशेष रक्तसंकलन क्याम्प समेत सञ्चालनमा ल्याएको छ। रक्त आपूर्ति सहज नभएसम्म हरेक दिन विहान ११ बजेदेखि दिउसो साढे तीन बजेसम्म भृकुटीमण्डपको क्याम्प नियमित चलाइने जानकारी नेपाल रेडक्रस सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले बताउनुभयो।

जानकारी तथा लेखहरु