फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाबुछोराले जिते अन्तर्राष्ट्रिय पदक

(GMT+08:00) 2017-10-27 14:55:22

भारतको नयाँदिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ। प्रतियोगितामा सहभागी हुन गएका बाबुछोरा दुवैले उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर महत्वपूर्ण सफलता हात पारेको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक जितेका हुन्। प्रतियोगिताको मास्टरतर्फको स्पर्धामा बाबु ज्ञानेन्द्रले रजत पदक हात पारे।

यसैगरी छोरा रोजिनले प्रतियोगिताको सब जुनियर (१९ वर्षमुनि) स्पर्धामा कांस्य पदक हात पारेको हाल दिल्लीमै रहेका ज्ञानेन्द्रलाई उद्धृत गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रचारप्रसार शाखाले जनाएको छ। राजिन पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हुुन्। यसअघि सन् २०१४ मा दिल्लीमै भएको प्रतियोगितामा भने नेपालका लागि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक जितेका थिए।

पावरलिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सन् २०१४ मा पनि दिल्लीमै भएको सोही प्रतियोगितामा नेपालका बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए। यसैगरी सन् २०१५ मा भारतको केरलामा भएको प्रतियोगितामा नेपालका ज्ञाननारायण महर्जन र सन् २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कांस्य पदक हात पारेका थिए।

जानकारी तथा लेखहरु