फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही मुलुक तथा राजनीतिक पार्टीका नेताद्वारा सी चिन फिङलाई बधाई

(GMT+08:00) 2017-10-27 14:56:22

केही मुलुक तथा राजनैतिक पार्टीका नेतागणले सी चिन फिङ चिनियाँ कम्युनिष्ट पार्टी 19औँ केन्द्रिय समितिका महासचिवमा निर्वाचित हुनु भएकोमा बधाई दिएका छन्।

तान्जानीया कान्ति पार्टीका अध्यक्ष एवम् राष्ट्रपति जोन पम्ब मागुफुलीले आफ्नो बधाई पत्रमा सी चिन फिङ पुनः पार्टीको महासचिवमा निर्वाचित भएर चीनलाई नेतृत्व गरी भविश्यमा अझ राम्रो बाटोमा लगाउने, विश्वलाई एउटा अझ शक्तिशाली चीन प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

केन्या जूबिली पार्टीका नेता एवम् राष्ट्रपति उहुरु केन्याटाले विगत पाँच वर्षमा महासचिव सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले धेरै उपलब्धि हासिल गरेको बताउँदै महासचिव सीसँग दुई पार्टीको सम्बन्धको विकासलाई अघि बढाउने उहाँले अपेक्षा गर्नु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव सीले प्रस्तुत गर्नुभएको 'चिनियाँ कम्यनिष्ट पार्टीको कार्य उद्देश्य जनताले अझ राम्रो जीवनलाई खोज्ने रहेको'भनाइले चीनको सामाजिक मुख्य अन्तर्विरोधको समाधान गर्ने उपाय रहेको ठान्नुभएको छ।

जानकारी तथा लेखहरु