फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघको 72 औँ महासभाद्बारा शान्ति सुरक्षा विषयमाथि बहस

(GMT+08:00) 2017-10-27 15:04:44

संयुक्त राष्ट्र संघको 72 औँ महासभाको शान्ति सुरक्षा विषयक बहस हिजो अक्टोबर छब्बीस तारिख जेनेभास्थित मुख्यालयमा आयोजना गरिएको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय उप प्रतिनिधि राजदुत ऊ हाइ थाउले सो बहसलाई सम्बोधन गर्नुभयो। आफ्नो सम्बोधनमा राजदुत ऊले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा गतिबिधि शुरु देखियता त्यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षणका लागि महत्वपूर्ण योगदान गर्दै आएको औँल्याउनुभएको छ।

राजदुत ऊका अनुसार, हाल संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा गतिबिधि चलाउने प्राकृतिक वातावरण र त्यसले बहन गर्ने कार्यभार दिनप्रति दिन जटिल बन्दै गएकाले शान्ति सुरक्षा प्रणालीको सुधार पनि हुँदै जानुपर्छ। त्यसबाट अझ राम्रोसँग परिस्थितिको परिवर्तन र वास्तविक चाहना अनुकूल हुनसक्ने छ।

संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा गतिबिधिको भावी विकासबारे चर्चा गर्दै राजदुत ऊले चीनको तर्फबाट पाँच बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

जानकारी तथा लेखहरु