फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अन्तर्राष्ट्रिय सैनिक सहयोगको नयाँ चौतारोको स्थापना गर्ने

(GMT+08:00) 2017-10-27 15:25:35

चीनको प्रतिरक्षा मन्त्रालयको नियमित पत्रकार सम्मेलन हिजो अक्टोबर छब्बीस तारिख पैचिङमा आयोजना भएको छ। प्रवक्ता रन क्वो छ्याङ्गले चीन-अमेरिका र चीन-रुस सैनिक सम्बन्ध लगायतका विषयबारे देश विदेशका पत्रकारले सोधेका प्रश्वको जनाफ दिनुभएको छ। उहाँका अनुसार, चीनले सक्रिय रुपमा अन्तर्राष्ट्रिय सैनिक सहयोग नयाँ चौतारो स्थापना गर्ने, नव युगमा अन्तर्राष्ट्रिय सैनिक सहयोग कार्यलाई नयाँ पाइलामा सार्ने उहाँले बताउनु भएको छ।

हालै चीनको राज्य परिषद्का सदस्य एवम् चीनका प्रतिरक्षा मन्त्री छाङ्ग वान छुआनले प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन-आशियान प्रतिरक्षा मन्त्रीको गैर औपचारिक भेटघाट तथा आशियान र अरु 8 राष्ट्रबीचको रक्षा मन्त्रीस्तरीय सम्मेलनमा भाग लिनुभएको छ। प्रवक्ता रनले जानकारी दिँदै भेटको क्रममा मन्त्री छाङ्गले चीनको छिमेकी कुटनीतिक नीतिको ब्याख्या गर्नुका साथै क्षेत्रीय सुरक्षा सहयोग प्रस्तावको पनि जानकारी दिनुभएको उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु