फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लागु पदार्थ समस्यामा अन्तर्राष्ट्रिय समुदायसँग चीनले साझा प्रयास गर्ने

(GMT+08:00) 2017-10-27 18:25:04

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज अक्टोबर सत्ताईस तारिख आयोजित पत्रकार सम्मेलनमा चीन सरकारले लागु पदार्थ समस्या सम्बन्धी अन्तर्राष्ट्रिय समुदायको साझा प्रयासमा उच्च महत्व दिएको बताउँदै अमेरिका लगायतका विभिन्न मुलुकहरूसँगै सहकार्य गर्दैजान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।

प्रवक्ता कङले उक्त पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै यही अक्टोबरको आरम्भमा आयोजित पहिलो चरणको चीन-अमेरिका कानुन कार्यान्वयन तथा साइबर सुरक्षा सम्झौता-वार्तामा चीन र अमेरिका दुवै देशले लागु पदार्थ निषेध सम्बन्धी सहकार्यबारे महत्वपूर्ण मतैक्य प्राप्त गरेको जानकारी दिनुभएको छ। हाल दुवै पक्षले सँगै मिलेर देश पार गर्ने लागु पदार्थ पनि बरामद गरेका छन् भने चीन-अमेरिका लागु निषेध सहकार्य सम्मेलन यही महिनाको अन्त्यमा पैचिङमा आयोजना हुने उहाँले बताउनुभयो। सो सम्मेलनमा दुवै पक्षले लागु पदार्थ निषेध क्षेत्रको आपसी सहयोगलाई गहन पार्ने विषयबारे विचार-विमर्श गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु