फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षको तीन त्रैमासिक अवधिमा चीनको औद्योगिक अर्थतन्त्र अनुमानभन्दा राम्रो

(GMT+08:00) 2017-10-27 19:01:19

चालु वर्षका अघिल्ला तिन त्रैमासिक अवधिमा चीनको औद्योगिक अर्थतन्त्रको अवस्था समष्टिगत रुपमा स्थिर हुँदैआएकाले अनुमानभन्दा राम्रो देखिएको छ। इलेक्टोनिक निर्माण व्यवसाय र प्रबन्धको निर्माण व्यवसाय दुवै नै यस वर्ष औद्योगिक बृद्धिलाई अघि बढाउने मुख्य शक्ति बनेका छन् भने टेलिकम र इन्टरनेट व्यवसाय दुवैले उच्च गतिको बृद्धिलाई कायम राखेका छन्।

चीनको उद्योग र सूचनाकरण मन्त्रालय अन्तर्गत कार्यान्वयन अनुगमन र समन्वय विभागका प्रमुख चङ ली सिनले आज अक्टोबर सत्ताईस तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा अघिल्ला तीन त्रैमासिक अवधिमा औद्योगिक अर्थतन्त्रको अवस्था अनुमानभन्दा राम्रो देखिएको जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु