फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्वारा काश्मिर क्षेत्रमा एउटा भारतीय मानवरहित हवाइ जहाज ध्वस्त

(GMT+08:00) 2017-10-28 14:50:43

पाकिस्तानी सेनाले हिजो अक्टोबर सत्ताईस तारिख काश्मिर क्षेत्रमा पाकिस्तान र भारत बीचको वास्तविक नियन्त्रण सीमा पार गरेको एउटा भारतीय मानव रहित जहाजलाई खसाएर नियन्त्रण गरेको जनाएको छ।

पाकिस्तानी तीन सेनाको प्रेस ब्युरोका प्रमुख आसिफ घाफुरले आफ्नो ट्विटरमार्फत जनाए अनुसार, उक्त भारतीय मानव रहित हवाइ जहाजले हिजै काश्मिर क्षेत्रमा पाकिस्तान र भारत बीचको वास्तविक नियन्त्रण सीमा पार गरी पाकिस्तानमा प्रवेश गरेर जासुसी गरेको थियो। पाकिस्तानी सेनाले त्यसलाई खसाएर ध्वस्त बनाएको छ।

उक्त भारतीय मानव रहित हवाइ जहाजले पाकिस्तानमा हवाइ फोटो खिच्ने कार्य गरेको पाकिस्तानी सञ्चार-माध्यमले जनाएका छन्।

जानकारी तथा लेखहरु