फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साता दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2017-10-28 14:54:46

यो साता चिनियाँ कम्यनिष्ट पार्टीको 19औँ महाधिवेशनको उपलक्ष्यमा दक्षिण एशिया मुलुकका राजनैतिक पार्टीका नेताहरुले सीपीसीका महासचिव सी चिन फिङलाइ बधाई दिएका छन्।

बङ्गलादेश जातीबादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री खालिदा जियाले बधाई सन्देश पठाउँदै चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो मुलुकलाई आधुनिकीकरणमा प्रवेश गराएको र 19 औँ महाधिवेशनपछि चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई नेतृत्व गरी अझ ठूलो सफलता पाउनुका साथै चीनको आधुनिक समाज निर्माण अघि बढाउने बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बधाई सन्देशमा चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन चिनियाँ सपना साकार बनाउने बाटोमा एउटा कोसेढुँगा बन्ने बताउनुभएको छ।

सी चिन फिङ पुनः चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिवमा निर्वाचित हुनु भएकोमा दक्षिण एशिया मुलुकका नेताले उहाँलाई बधाई दिएका हुन्।

पाकिस्तान जनता पार्टीका अध्यक्ष विलावालले विगत पाँच वर्षमा महासचिव सीले चीनलाई नेतृत्व गरी अर्थतन्त्र, समाज र कुटनीति आदि क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गरेको बताउनुभएको छ।

सन् 2017 दक्षिण एशिया एक्स्पो नेपाल प्रदर्शनी नोभेम्वर दुई तारिखदेखि पाँच तारिखसम्म काठमाडौंमा आयोजना हुनेछ। चीन-दक्षिण एशिया एक्स्पो पहिलो पटक विदेशमा आयोजना हुन लागेको हो। उक्त प्रदर्शनीको क्षेत्रफल तीन हजार ती सय वर्गमिटर हुनुका साथै एक सय पचास वटा प्रदर्शनी कक्ष हुने छन्। श्रोत लगानी, खनिज विकास, पर्यटन, हस्तकला आदि क्षेत्रबाट आएका एक सयभन्दा बढी चिनियाँ व्यवसायीले प्रदर्शनीमा भाग लिने छन्। नेपाल लगायत दक्षिण एसियाली मुलुकका व्यवसायीले पनि जुहारत, चिया, कफी आदि उत्पादनको प्रदर्शनी गर्नेछन्। भारत, श्रीलंका, पाकिस्तान, बङ्गलादेश तथा म्यामारका व्यवसायीहरु उक्त प्रदर्शनीमा भाग लिने छन्।

अक्टोबर छब्बीस तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले परराष्ट्र मन्त्री वाङ्ग यीको निमन्त्रणामा श्रीलंकाका विदेश मन्त्री तिलक जनका मरापानाले अक्टोबर उनन्तीस तारिखदेखि नोभेम्वर चार तारिखसम्म चीनको औपचारिक भम्रण गर्नुहुने छ। मन्त्री मारापानाको भम्रणमार्फत दुई मुलुकका नेताबीचको सहमतिलाई व्यवहारमा उतार्ने कार्य अघि बढ्ने र चीन-श्रीलंका युगौँ युगदेखि जारिरहेको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर रुपमा अगाडि सार्ने चीनले आशा लिएको प्रवक्ता कङ्गले जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु