फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न देशबाट चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीलाई बधाई

(GMT+08:00) 2017-10-28 14:55:48

केही मुलुक र राजनीतिक पार्टीका नेताहरूले शुभकामना संदेश पठाउँदै सी चिन फिङ चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ केन्द्रीय समितिका महासचिव निर्वाचित हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्नुभएको छ।

जिम्बावेको अफ्रिकी जातीय गठबन्धन अर्थात् देशप्रेमी मोर्चाका अध्यक्ष, प्रथम सचिव एवं राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो संदेशमा चीनले अफ्रिकी मुलुकको विकासको ख्याल विचार गर्नुका साथै अफ्रिकाको आर्थिक र सामाजिक विकासका लागि मूल्यवान सहायता दिएकोमा चीनप्रति कृतज्ञता प्रकट गर्नुभएको छ।

पाकिस्तानी मुस्लिम लिग नवाजका वरिष्ठ नेता अर्थात् राष्ट्रपति मामनुन हुसाइनले आफ्नो संदेशमा चिनियाँ जनतासँगै मिलेर मानव जातिको भाग्यको एकरुपताको स्थापनाका लागि प्रयास गर्दैजान पाकिस्तान सरकार इच्छुक रहेको औँल्याउनुभएको छ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो संदेशमा महासचिव सीले आफ्नो नयाँ कार्यावधिमा चीनको नेतृत्व गरेर अझ ठूलो विकास उपलब्धि प्राप्त गर्नसक्नुहुने शुभकामना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु