फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोलकाताका लागि चिनियाँ महावाणिज्य दूतद्बारा सिपिसीको 19 औँ महाधिवेशनबारे जानकारी

(GMT+08:00) 2017-10-28 15:02:59

कोलकाताका लागि चिनियाँ महा वाणिज्य दूत मा चान ऊले अक्टोबर सत्ताईस तारिख कोलकातामा पत्रकार सम्मेलन आयोजना गरी चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनबारे जानकारी दिनुभएको छ। प्रेस ट्रस्ट अफ इन्डिया, द टाम्स अफ इन्डिया, हिन्दुस्तान टाम्स, इन्डियन इक्सप्रेस, इन्डिया टुडे, नयाँ दिल्ली टीभी र इन्डिया टीभी लगायतका स्थानीय मुख्य सञ्चार-माध्यमका साठीभन्दा बढी पत्रकारहरू सो पत्रकार सम्मेलनमा सहभागी भएका छन्।

महा वाणिज्यदूत माका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनले सी चिन फिङले पेश गर्नुभएको महत्वपूर्ण प्रतिवेदन, केन्द्रीय अनुशासन निगरानी समितिको सम्बद्ध प्रतिवेदन र पार्टीको विधानको संशोधित मस्यौदा पारित गर्नुका साथै नयाँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निगरानी समितिका सदस्यको निर्वाचन गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनले देशी र विदेशी परिस्थितिको विकास र परिवर्तनको विश्लेषण गर्नुबाहेक बितेका पाँच वर्षका कार्य र ऐतिहासिक परिवर्तनको पनि पुन:सिंहावलोकन गरेको जानकारी पनि महा वाणिज्य दूत माले दिनुभएको छ।

जानकारी तथा लेखहरु