फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द्वन्द्धपछिको शान्ति स्थापनामा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको नेपालका परराष्ट्र सचिवको भनाइ

(GMT+08:00) 2017-10-29 14:09:21

नेपालका परराष्ट्र सचिव शंकरदास बैरागीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक खुल्ला बहसमा नेपालको धारणा राख्नु भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूर्योकमा गत शुक्रबार भएको 'महिला, शान्ति र सुरक्षा' बिषयको खुल्ला बहसमा नेपालका तर्फबाट बैरागीले भाग लिएको राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख भएको नेपाल खबर अनलाइनले लेखेको छ।

चक्रिया पालो अनुसार यसपटक फ्रान्सले अध्यक्षता गरेको छलफलमा बैरागीले महिलाको अधिकार तथा चासो प्रवद्धन र संरक्षणका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। उहाँले छलफलमा महिला, शान्ति र सुरक्षाबारे नेपालको बार्षिक कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो। बैरागीले नेपालको द्वन्द्ध र द्वन्द्ध पछिको शान्ति स्थापनामा महिला सहभागिताको महत्वबारे पनि छलफलमा अबगत गराउनु भएको थियो।

यसैबीच शुक्रबार नै परराष्ट्र सचिब बैरागीले संयुक्त राष्ट्रसंघीय महासभा प्रमुख मिरोसल्याभ लजाकसँग भेटवर्ता गर्नुभएको छ। लजाकले महासभाको ७२ औँ बैठकको अध्यक्षता गर्नु भएको थियो। उहाँसँगको भेटमा बैरागीले नेपाल र राष्ट्रसंघका साझा चासोबारे छलपल गर्नु भएको थियो। त्यस्तै छलफलमा युवा, जल र द्वन्द्ध उन्मुलनबारे पनि छलफल भएको बताइएको छ।

जानकारी तथा लेखहरु