फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलवायुका परिवर्तनको असर कृषि, वन, हुँदै मानव स्वास्थ्यमा देखियो

(GMT+08:00) 2017-10-29 14:13:36

जलवायुका परिवर्तनको असर कृषि, वन, वातवारण, जलविद्युत् र मानव स्वास्थ्यमा देखिन थालेको नेपालमा शनिबार सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले जनाएको छ। काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सद्वारा शुक्रबारदेखि काठमाडौँमा आयोजित सम्मेलनको समापनका क्रममा सहभागी राष्ट्रका प्रतिनिधिले जलवायु परिवर्तनको समस्या समयमै समाधान गर्न सम्बन्धित मुलुकका सरकार प्रमुखलाई सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल, भारत, बंगलादेश, इरान, इटली, संयुक्तराज्य अमेरिकालगायत दुई दर्जन मुलुकका विज्ञ तथा कृषि, वातावरण विषयका करिब १५० विद्यार्थीले गरेका अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरिएका थिए। इलामस्थित इन्स्टिच्युट अफ एग्रीकल्चर एण्ड एनिमल साइन्समा हर्टिकल्चर विषयमा स्नातक अध्ययनरत वर्षा बास्तोलाले 'बायो प्राइमिङ अफ सिड' विषयमा अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम आयोजक संस्था काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सले सहभागी राष्ट्रका प्रतिनिधिले जलवायुका क्षेत्रमा गरेको खोज अनुसन्धानबारे सम्मेलनमा भएको छलफलबाट एकआपसमा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने जनाएको छ।

जानकारी तथा लेखहरु