फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आइतबारदेखि काठमाडौं र पोखराबाट स्मार्ट सेलको फोरजी सेवा

(GMT+08:00) 2017-10-29 14:19:51

सन् २००८ देखि ग्रामीण क्षेत्रबाट दूरसञ्‍चार सेवा सुरु गरेको स्मार्ट टेलिकमले अत्याधुनिक प्रविधि फोरजीको सुरुवात सहरबाट गरेको छ। हिजो शनिबार राजधानीमा पत्रकार सम्‍मेलन गरेर स्मार्ट टेलिकमले आज आइतबारबाट काठमाडौं र पोखराबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फोरजी प्रविधि कार्तिक १२ गतेबाट सुरुवात गरेको स्मार्ट सेलका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले बताउनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

उहाँले भन्नुभयो, 'दूरसञ्चार क्षेत्रको करिब नौ वर्ष लामो अनुभवपछि स्मार्ट टेलिकम फोरजी सेवा उपलब्ध गराउने अर्को सेवा प्रदायक संस्था भएको छ। अब स्मार्टका उपभोक्ताले पहिलो चरणमा कार्तिक १२ गतेदेखि काठमाडौं उपत्‍यका (काठमाडौं, ललितपुर र भक्तपुर) र पोखरामा फोरजीको मज्जा लिन पाउँनेछन्। आधारमा हामीले दूरसञ्‍चार बजारमा डाटा र भ्वाइसलाई सस्तो, सुलभ र तीव्र गतिको इन्टरनेटका साथै सेवा प्रदान गर्ने प्रयास गरेका छौ।'

उहाँले फोरजीका लागि प्राविधिक रुपमा सम्पूर्ण तयारी भइसकेको बताउँदै थप केही परीक्षणका क्रममा देखिएका कमजोरीलाई सुधार्दै लैजाने बताउनुभयो। उहाँले भन्नुभयो, 'फोर जीका लागि प्राविधिक रुपमा सम्पूर्ण तयारी पूरा भएको छ। यद्यपि परीक्षणका क्रममा देखिएका कमजोरीलाई सुधार्दै पोखरा र काठमाडौमा व्‍यापक व्‍यावसायिक सुरुवात गर्नेछौ। त्‍यसपछि क्रमश: नेपालगन्ज, चितवन र बीरगञ्‍जमा पनि फोर जी सेवा उपलब्ध गराउने छौ।'

फोरजी सुरुवातसँगै स्मार्ट सेलले ग्राहकहरुलाई प्रति सेकेण्ड एक पैसामा कल गर्न सकिने सुविधा उपलब्ध गराउनेछ भने एक महिनाका लागि भाइबर र ह्‍वाट्स एपमा नि:शुल्‍क कल गर्न दिनेछ। यसैगरी स्मार्ट सेलका ग्राहकले १ जीबी डाटा २३५ रुपैयाँमा एक महिनासम्‍म र १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्‍म प्रयोग गर्न पाउनेछन्।

यस्तै ८५ रुपैयाँमा ५०० एमबी डाटा सात दिनसम्‍म चलाउन सकिनेछ भने १५ रुपैयाँमा ७५ एमबी डाटा एक दिनका लागि प्रयोग गर्न सकिने छ।

पाँच महिना अघि मात्रै फोरजीको इनजाजत पाएको स्मार्ट सेलमा करीब ३ करोड २० लाख रुपैयाँ लगानी रहेको स्मार्ट सेलले जनाएको छ। साथै फोर जी सञ्‍चालनका लागि १० मेगाहर्ज को फ्रिक्वेन्सी प्रयोग गर्ने बताएको छ जसले इन्टरनेटको गति र स्थिरता दुवै थाहा पाउन सकिने स्मार्ट सेलको दाबी छ।

जानकारी तथा लेखहरु