फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-संयुक्त राष्ट्र संघ शान्ति र विकास कोषको दोस्रो सम्मेलनको आयोजना

(GMT+08:00) 2017-10-29 14:21:46

चीन-संयुक्त राष्ट्र संघ शान्ति र विकास कोषको निर्देशनालयले गत सत्ताइस तारिख न्यूयोर्कस्थित मुख्यालयमा दोस्रो सम्मेलनको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव कार्यालयका प्रमुख मारिया लुइज रिबेरिओ भिओटीले सो सम्मेलनको अध्यक्षता गर्नुभएको छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि मण्डलका कार्यवाहक राजदुत ऊ हाइ थाउ, परराष्ट्र मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रमुख ली च्युन ह्वा, बित्तीय मन्त्रालय अन्तर्गत प्रशासनिक कानुन विभागका उपप्रमुख छ्न च पिन र आर्थिक तथा सामाजिक मामिला सम्बन्धी संयुक्त राष्ट्र संघका उप महासचिव लिउ चन मिन उक्त सम्मेलनमा सम्मिलित हुनुभएको छ।

सम्मेलनमा कोषको सन् 2016 को वार्षिक योजनाको कार्यान्वयन अवस्थाको पुन:सिंहावलोकन गर्नुका साथै कोषको बित्तीय अवस्था र अन्य आवेदन दस्तावेजको पनि लेखाजोखा गरेको छ। यसबाहेक कोषको सन् 2017 को वार्षिक योजना र सन् 2018 को प्राथमिक योजनाबारे पनि सम्मेलनमा विचार-विमर्श गरिएको छ।

कार्यवाहक राजदुत ऊले सम्मेलनलाई सम्बोधन पनि गर्नुभएको थियो।

जानकारी तथा लेखहरु