फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत संग्रहालयलाई विस्तृत पार्ने योजनामा 66 करोड लगानी

(GMT+08:00) 2017-10-29 14:25:59

चीनको केन्द्रीय सरकारले 66 करोड चिनियाँ युआन लगानी गरेर तिब्बत संग्रहालयलाई विस्तार पार्ने योजना हिजो अक्टोबर अठाईस तारिख शुरु भएको छ। सन् 2020 को आरम्भमा मुख्य परियोजनाको निर्माण पूरा हुने अनुमान गरिएको छ। त्यति बेला उक्त संग्रहालय सम्पूर्ण क्षमता, अत्याधुनिक प्रबन्ध र प्रशस्त गतिविधि समावेश रहेको विशेषतायुक्त संग्रहालय हुने छ।

तिब्बत संग्रहालय तिब्बतमा एक मात्र साझा राष्ट्रियस्तरको संग्रहालय हो। सन् 1999 मा सार्वजनिक भएपछि यो संग्रहालयले तिब्बती इतिहास र संस्कृतिको जानकारी गराउने एउटा महत्वपूर्ण झ्याल र तिब्बतको एउटा जीवन्त ल्यान्डमार्कको काम गर्दै आएको छ।

विस्तृत निर्माण परियोजनाको डिजाइनमा पूर्व वास्तुको शैलीलाई सम्मान गरी पोतला दरबार र नर्बुलिङ्का दरबार जस्तै परम्परागत तिब्बती वास्तु शैली प्रयोग गरिनेछ।

जानकारी तथा लेखहरु