फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा तिब्बती पशुपालकलाई जवाफी पत्र

(GMT+08:00) 2017-10-29 14:28:13

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले हिजो अक्टोबर अठाईस तारिख तिब्बतको लोङ्ग च जिल्ला यु माई गाउँका पशुपालक दोल्कर र याङजोम दिदीबहिनीलाई जवाफी पत्र लेख्दै उनीहरुका बुबा र छोरी दुई पुस्ताले राष्ट्रको सिमाको संरक्षण गरेकोमा प्रशंसा गर्नु भएको छ। उहाँले पत्रमा दीर्घकालीन रुपमा सिमाको संरक्षण कार्यमा सेवाभाव गर्ने बासिन्दालाई धन्यवाद ज्ञापन पनि गर्नुभएको छ। जवाफी पत्रमा राष्ट्राध्यक्ष सीले त्यहाँका पशुपालकलाई राष्ट्रिय सिमाको संरक्षण गरी आफ्नो घरको निर्माण गर्न पनि प्रोत्साहन गर्नुभएको छ।

पत्रमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशन भर्खरै सम्पन्न भएर पार्टीले विभिन्न जातीय जनतालाई नेतृत्व गरी अझ राम्रो जीवनको सिर्जना गर्ने उल्लेख गर्नुभएको छ। सबैको संयुक्त प्रयासमा, यु माई गाउँलाई भविश्यमा एउटा सुन्दर, सुमृद्ध सम्पन्न गाउँ निर्माण गरिने र त्यहाँका बासिन्दाहरुको जीवन अझ सुखमय हुने राष्ट्राध्यक्ष सीले पत्रमा उल्लेख गर्नुभएको छ।

ती दिदी बहिनीले राष्ट्राध्यक्ष सीलाई १९ औँ महाधिवेशन अगाडि पत्र लेख्दै राष्ट्रको सीमा रक्षामा आफ्नो कार्यको अवगत गराएका थिए।

जानकारी तथा लेखहरु