फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इराकी सेना तथा कुर्दिस्तान स्वशासित सशस्त्र समूह बीच युद्ध विरामबारे छलफल

(GMT+08:00) 2017-10-29 15:20:46

इराकी सेना तथा कुर्दिस्तान स्वशासित सशस्त्र समूह बीच अक्टोबर अठाईस तारिख युद्ध विरामबारे छलफल भएको छ। छलफलमा दुवै पक्ष बीच केही मतैक्य प्राप्त भए तापनि सम्पूर्ण सम्झौता सम्पन्न नभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

इराकी सेनाका अनुसार, सरकारी सेनाका पदाधिकारीले कुर्दिस्तान स्वशासित सशस्त्र समूह अर्थात् पेशमेर्गा संगठनका निर्देशकसँग अठाईस तारिख उत्तरी भागको मौसुल शहरमा भेटघाट गर्दै सरकारी सेनाले सबै विवादग्रस्त क्षेत्र र सीमा क्षेत्रमा तैनाथ गर्ने क्रममा आपसी भिडन्त हुन नदिने विषयबारे विचार-विमर्श गरेका छन्।

सरकारी सेनाका चिफ अफ जनरल स्टाफ ओथमन अल घानमीले भेट सम्पन्न भएपछि पत्रकारसँग कुराकानी गर्दै भेटको वातावरण सकारात्मक रहेको र दुवै पक्ष बीच केही विषयमा मतैक्य प्राप्त भएको जानकारी दिनुभएको छ। तर अझ केही समस्याको समाधान बाँकी रहेको पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु