फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोलकाताका लागि चिनियाँ महा वाणिज्य दुताबासद्बारा सिपिसीको 19 औँ महाधिवेशनको सिद्धान्त गोष्ठीको आयोजना

(GMT+08:00) 2017-10-29 16:44:58

कोलकाताका लागि चिनियाँ महा वाणिज्य दुताबासले अठाईस तारिख भारतको पूर्वी भागमा रहेका चिनियाँ व्यवसायीहरूका लागि चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशन सिद्धान्त गोष्ठीको आयोजना गरेको छ। चिनियाँ पूँजीद्बारा सञ्चालित उन्नाईसवटा व्यवसायका पचासभन्दा बढी जिम्मेवार व्यक्तिहरू सो गोष्ठीमा सहभागी भएका छन्।

उक्त गोष्ठीमा महा वाणिज्य दुत मा चान ऊले सर्वप्रथम चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको सम्बद्ध अवस्थाबारे जानकारी दिनुका साथै 19 औँ महाधिवेशनको सफल आयोजना भएकाले चीनका लागि महत्वपूर्ण अर्थ भएको मात्र नभई सारा विश्वका लागि महत्वपूर्ण प्रभाव पनि पार्ने कुरामा जोड दिनुभएको छ।

गोष्ठीमा विभिन्न व्यवसायका प्रतिनिधिहरूले चिनियाँ विशेषतायुक्त समाजवादबाट चीनलाई झन् झन् सुमधुर बनाउनसकिने विश्वास व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु