फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालबीचको सीमा रक्षामा अत्याधुनिक उपकरण जडित

(GMT+08:00) 2017-10-30 16:35:07

       चीन र नेपालबीचको सीमा क्षेत्रको महत्वपूर्ण नाकाको रुपमा रहेको तिब्बत स्वायत्त प्रदेशको खासाको सीमा रक्षाको जाँचबुझ केन्द्रले अत्याधुनिक बैज्ञानिक प्रविधिबाट नियन्त्रण गर्नसकिने रात्री-दृष्टि चालकविहिन विमान तथा ठूलो डाटा क्लाउड कम्प्युटिंग जस्ता अत्याधुनिक उपकरण जोडेको छ।

         तिब्बतको शिगाचे शहरको ने ला मु जिल्लाको चीन नेपाल सीमा चीन र नेपाललाई जोड्ने महत्वपूर्ण व्यापारिक नाका हो। सन् 2015 मा नेपालमा विनाशकारी भूकम्प गएको अवधिमा यस क्षेत्रका धेरै क्यामेरा निगरानी उपकरणहरू गम्भीर ध्वस्त भएको थियो। त्यसैले ने ला मु सुरक्षा जाँचबुझ केन्द्रले नयाँ अत्याधुनिक बैज्ञानिक प्राविधिक क्यामेरा निगरानी उपकरण राखेको हो।

          अब ने ला पु सुरक्षा जाँचबुझ केन्द्रले ठूलो डाटा क्लाउड कम्प्युटिंगलाई प्रयोग गर्दै छिटै चेतावनी क्षमता उकास्ने छ। साथै सीमाको अत्याधुनिक प्रविधि नियन्त्रणबाट जाँचबुझ केन्द्रका पदाधिकारी तथा सेनाको कामको दवावलाई कम पार्नुका साथै अझै प्रभावकारी रूपमा अन्तर्सीमा अवैध गतिविधिमाथि प्रहार गर्न सकिने छ।

जानकारी तथा लेखहरु