फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ चिनियाँ कम्युनिष्ट पार्टीको 19औं अधिवेशनको केन्द्रिय समितिको महासचिव पदमा नियुक्त हुनुभएकोमा विदेशी नेताहरुद्वारा शुभकामना सन्देश

(GMT+08:00) 2017-10-30 16:35:39
        हालै केही मुलुक र सत्तारुढ पार्टीका नेताहरुले बेग्ला-बेग्लै रुपमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ चिनियाँ कम्युनिष्ट पार्टीको 19औं अधिवेशनको केन्द्रिय समितिको महासचिव पदमा नियुक्त हुनुभएकोमा शुभकामना तथा बधार्इ सन्देश पठाएका छन्।

         नेपालका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आफ्नो बधाई सन्देशमा चिनियाँ कम्युनिष्ट पार्टीको 19औ‌‌‌ महाधिवेशन सफलताका साथ सम्पन्न भएकोमा हार्दिक शुभकामना व्यक्त गर्नुका साथै सी चिन फिङ पुनः चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको महासचिव नियुक्त हुनुभएकोमा खुशी लागेको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सी चिन फिङको नयाँ युग चिनियाँ विशेषतायुक्त समाजवाद सिद्धान्तलाई पार्टीको संविधानमा राखिएबाट चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशन गाइड बनेको छ।

          भारतीय कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव सिताराम येचुरीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनले ऐतिहासिक महत्वपूर्ण निर्णय पारित गर्दै चिनियाँ विशेषतायुक्त समाजवादको बाटोमा लाग्दै चिनियाँ जनताको विश्वासलाई अझ मजबुत बनाएको छ।

          श्रीलंकाको स्वतन्त्र पार्टीका अध्यक्ष एवम राष्ट्रपति मैथ्रिपाला श्रीसेनाका अनुसार सी चिन फिङको नेतृत्वमा चीनले उल्लेखनीय आर्थिक विकास उपलब्धि पाएको छ। श्रीलंकाले चीनसँग आपसी पारस्परिक हित तथा साझा फाइदाका लागि सहयोग गर्दै जाने आशा गरेको छ।

जानकारी तथा लेखहरु