फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अफ्गानिस्तानलाई जरुरी खाद्यान्न सहायता प्रदान

(GMT+08:00) 2017-10-30 16:36:07

         अफ्गानिस्तानका लागि चीन सरकारद्वारा प्रदान गरिएको पहिलो चरणको जरुरी खाद्यान्न सहायता हस्तान्तरण समारोह हिजो 29 तारिख अफ्गानिस्तानको राजधानी काबुलमा आयोजना भएको छ।

          यस समारोहमा अफ्गानिस्तानका लागि चिनियाँ राजदूतावासका अस्थायी एजेन्ट चाङ्ग चि सिनले जानकारी दिनुभएअनुसार यस वर्षको मे महिनामा चीनले एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बन्धी तटवर्ती विकासोन्मुख मुलुकलाई दुई अर्ब चिनियाँ युआनबराबरको जरुरी खाद्यान्न सहायता प्रदान गर्ने घोषणा गरेको थियो। उक्त बचनबद्धतालाई व्यवहारमा उतार्नका लागि चीनले अफ्गानिस्तानलाई पाँच करोड चिनियाँ युआन बराबरको चामल प्रदान गरेको हो। चीनले सधैं अफ्गानिस्तानको शान्ति तथा पुर्ननिर्माणमा समर्थन दिँदै आएको छ। भविष्यमा पनि चीनले निरन्तर रुपमा अफ्गानिस्तानका जनतालाई सक्दो सहायता प्रदान गर्दै जाने बताइएको छ।

जानकारी तथा लेखहरु