फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाड सम्बन्धमा दक्षिण कोरियाली विदेशी मन्त्रीको धारणाप्रति चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2017-10-30 18:14:03

        दक्षिण कोरियाली विदेशी मन्त्री क्यङ हा काङले आज तीस तारिख बिहान कोरियाली संसदमा एक प्रश्नको जवाफ दिँदै दक्षिण कोरिया सरकारको अमेरिकी एन्टी मिसाइल प्रणालीमा भाग नलिने अडान परिवर्तन नभएको भन्दै दक्षिण कोरिया, अमेरिका र जापानबीचको सुरक्षा सहयोग तीन पक्षीय सैनिक गठबन्धनतर्फ विकसित नहुने व्यक्त गर्नुभएको छ। साथै उहाँले दक्षिण कोरिया सरकारले थप थाद प्रणालीको बन्दोबस्त नगर्ने पनि बताउनुभएको छ।

       विदेशी मन्त्री क्यङको धारणाप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यीङ्गले आज नियमित पत्रकार सम्मेलनमा चीनले दक्षिण कोरियाको यी तीन विषयका धारणामा ध्यान दिएको बताउनुभएको छ। उहाँका अनुसार चीनले सधैं अमेरिकाले दक्षिण कोरियामा थाद प्रणालीको बन्दोबस्त गरेकोमा विरोध गर्दै गरेको छ। दक्षिण कोरियाले उक्त बचनबद्धतालाई व्यवहारमा उतार्दै चीन र दक्षिण कोरियाबीचको सम्बन्धलाई छिटोभन्दा छिटो स्वस्थ विकासको बाटोमा फर्काउने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु