फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण कार्यक्रमप्रति चीनको अपेक्षा

(GMT+08:00) 2017-10-30 18:44:35

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुनलागेको चीन भ्रमणबाट चीन-अमेरिका आपसी हितयुक्त सहयोग बढ्ने तथा दुई देशका जनतालाई अझ बढी व्यावहारिक फाइदा पुग्ने र क्षेत्रीय तथा विश्व शान्ति तथा स्थीरताका लागि अरु थप योगदान पुग्ने अपेक्षा चीनले लिएको व्यक्त गर्नुभएको छ।

      आज तीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्नुहुनेछ। त्यससम्बन्धी पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता ह्वाले चीन-अमेरिका सम्बन्धमा चीनले उच्च ध्यान दिइरहेको बताउनुभयो। उहाँले चीनले अमेरिकासँग दुई देशका नेताबीच सम्पन्न भएको महत्वपूर्ण सहमतिबमोजिम आपसी सम्मान र हितयुक्तको आधारमा सहयोग बढाएर मतभेद नियन्त्रण गरी दुई देश सम्बन्धको विकासलाई बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गरी चीन-अमेरिका आपसी हितयुक्त सहयोगलाई बढाएर दुई देशका जनतालाई अझ बढी व्यावहारिक फाइदा पुर्‍याएर क्षेत्रीय तथा विश्व शान्ति तथा स्थीरताका लागि अरु योगदान पुग्ने अपेक्षा चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु