फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्यातालोनिया मामिलासम्बन्धमा चीनको प्रतिकृया

(GMT+08:00) 2017-10-30 18:48:25

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले क्यातालोनिया मामिला स्पेनको आन्तरिक मामिला भएको भन्दै स्पेन सरकारले राष्ट्रिय एकता र भूभागको अखण्डताको संरक्षण गर्न गरेको प्रयासप्रति चीनको बुझाइ रहेको र यसका लागि चीनको समर्थन रहेको पनि व्यक्त गर्नुभएको छ।

        आज तीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। हाल स्पेनको क्यातालोनिया स्वाशासित क्षेत्रको संसदले स्वतन्त्र प्रस्ताव पारित गरी सो क्षेत्रलार्इ स्वतन्त्र देशको रूपमा स्थापना गर्ने घोषणा गरेको थियो भने स्पेन सरकारले सं‍विधानको धारा नं‍155 मार्फत त्यसको कडा विरोध गर्ने अडान देखाएको छ। त्यसबारे चर्चा गर्दै प्रवक्ता ह्वाले उक्त घटना स्पेनको आन्तरिक मामिला भएको र स्पेन सरकारले राष्ट्रिय एकता र भूभागको अखण्डताको संरक्षण गर्न गरेको प्रयासप्रति चीनको बुझाइ तथा समर्थन रहेको उल्लेख गर्नुभयो। कानून तथा प्रणालीको प्रारुपभित्र सामाजिक व्यवस्था र नागरिक अधिकारको संरक्षण गर्ने स्पेनको क्षमता रहेको विश्वास चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु