फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नेपालका सबै दलहरूसँग समान सम्बन्ध राख्ने चिनियाँ थिंकट्यांकको भनाइ

(GMT+08:00) 2017-10-31 16:20:14
        एक जना चिनियाँ 'थिंकट्यांक'ले चीन सरकारले नेपालमा पार्टी विशेषलाई निकट राखेर काम नगरेको बताएका छन्। रनमिन विश्वविद्यालय अफ चीन, अन्तर्राष्ट्रिय अध्ययनका निर्देशक प्रा.छन् स्याउले सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा चीनले नेपालका सबै राजनीतिक पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्ने र कुनै अमुक पार्टीलाई चीनको सहयोग नरहने बताउनुभएको नागरिकन्यूज डटकमले जनाएको छ।

        जनाधारका दृष्टिमा चीनले नेपालका पार्टीहरुलाई हेर्ने गरेको प्राध्यापक स्याउको भनाइ थियो। 'चीन कम्युनिष्ट मुलुक भएकै आधारमा नेपालमा कम्युनिष्ट पार्टीहरु सहयोग गर्छ भन्ने कुरा सत्य होइन',उहाँले भन्नुभयो।

        वीपी कोइरालाले सन् १९६० मा प्रधानमन्त्रीको हैसियतमा गरेको चीन भ्रमण स्मरण गर्दै उहाँले त्यो समयदेखि नै नेपाली काँग्रेससँग चीनको सुमधुर सम्बन्ध रहँदै आएको बताउनुभयो। तराई केन्द्रित पार्टीहरुतर्फ संकेत गर्दै उहाँले नेपालका क्षेत्रीय पार्टीहरुसँग पनि चीनको सम्बन्ध राम्रो भएको दाबी गर्नुभयो।

         यसैबीच चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ नेपालको औद्योगिकरणका लागि कोशेढुंगा हुनसक्ने उहाँको भनाइ थियो। रनमिन युनिभर्सिटीबाट पीएचडी विद्यार्थी नारायाण अधिकारीले संयोजन गरेको सो कर्याक्रममा बोल्दै उहाँले बेल्ट एन्ड रोडको फ्रेममवर्कभित्र रहेर नेपालले जलविद्युत् आयोजाना एवं औद्योगिकरणलाई अघि बढाउन सक्ने बताउनुभयो।

जानकारी तथा लेखहरु