फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी दिनमा नेपाल-चीन सम्बन्ध अझै प्रगाढ हुनेः नेपाली बुद्धिजीवि

(GMT+08:00) 2017-10-31 16:20:39

        नेपाल बुद्धिजीवी परिषद्ले आगामी दिनमा नेपाल चीनको सम्बन्ध अझै क्रमागत रुपमा प्रगाढ हुँदै जाने बताएको छ। रिषद्, राष्ट्रिय सुरक्षा तथा अन्तरराष्ट्रिय सम्बन्ध अध्ययन केन्द्रले विज्ञप्ति जारी गरी चिनियाँ राष्ट्रपति सी चिन फिङले प्रस्तुत गरेको सिद्धान्तपूर्ण राजनीतिक प्रतिवेदनलाई हालैको महाधिवेशनबाट पारित गरी विकास तथा राजनीतिको प्रमुख सिद्धान्तका रुपमा स्वीकार गरेकामा तथा राष्ट्रपति सीको चीन मात्र नभएर छिमेकी देशको भौतिक तथा राजनीतिक विकासलाई चीनको विकासकै पूरकका रुपमा हेर्ने दृष्टिकोण प्रस्तुत हुनुलाई स्वागत गरेको हो।

        चिनियाँको सामाजिक रुपान्तरण र आर्थिक, भौतिक विकासमा सबैलाई सँगसँगै उन्नतितिर लैजाने राष्ट्रपति सीबाट हालै प्रस्तुत अवधारणाले नेपालका चीनसित जोडिएका नाकाहरुका माध्यमबाट चीनको मूलभूमि र दक्षिण एशियाको मूलभूमि जोड्ने सतह मार्ग नेपाल बन्न सक्ने सम्भावना औँल्याउँदै नेपालको समृद्धिमा चीन सरकारको उल्लेख्य सहभागिताको अपेक्षा परिषद्ले गरेको छ।

         केन्द्रका सचिव भूमिदत्त पौडेल र संयोजक विधान आचार्यले जारी गरेको विज्ञप्तिमा नेपाल र चीन बीचमा समृद्धिको साझेदारी हुन सक्ने सम्भावनालाई मूर्त रुप दिन दुवै देशका नेतृत्वलाई परिषद्ले आग्रहसमेत गरिएको छ।

जानकारी तथा लेखहरु