फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटन विकासमा ठूला राजनीतिक दलको प्रतिवद्धता

(GMT+08:00) 2017-10-31 16:21:05

        नेपालको पर्यटन विकासमा ठूला राजनीतिक दलले एउटै फोरमबाट ऐक्यबद्धता जनाएका छन्। होटल संघ नेपाल (हान)ले सोमबार काठमाडौंमा आयोजना गरेको दीगो अर्थतन्त्रको आधार पर्यटन उद्योगको विकास अन्तक्र्रिया कार्यक्रममा कांग्रेस, एमाले र माओवादी केन्द्रले ऐक्यबद्धता जनाएका हुन्। कार्यक्रममा कांग्रेसका प्रकाशशरण महत, एमालेको सूर्य थापा र माओवादी केन्द्रका लीलामणि पोखरेलले पर्यटन विकासमा पार्टीले गर्नपर्ने काममा कुनै कमी नराख्ने बताउनुभएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

        कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले संघीय संरचनामा पर्यटनको विकास र प्रवर्द्धनबारे प्रस्तुती राख्दै मार्गचित्र कोर्न आवश्यक रहेको सुझाव दिनुभयो।

        पर्यटन विकासका लागि सरकारले उचित नीति अख्तियार गरेको अवस्थामा निजी क्षेत्रका व्यवसायीले विमानस्थल, बाटो, ऊर्जा जस्ता अत्यावश्यक पूर्वाधारमा लगानी गर्न तयार रहेको शाक्यको भनाइ छ।

         राजनीतिक दललाई आफ्नो घोषणापत्रमा पर्यटनलाई प्राथमिकताका साथ उल्लेख गर्न समेत उनले आग्रह गरेका छन्। सातवटै प्रदेशको विशिष्टता झल्कने पर्यटकीय ब्रान्ड तयार गर्नु पर्ने उहाँको भनाइ छ। प्रदेश र स्थानीय सरकारले पर्यटक र पर्यटन व्यवसायीसँग सन्तुलित ढंगले मात्र शुल्क लगाउनु पर्ने उनको माग छ।

जानकारी तथा लेखहरु