फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"रङ्गीन चीन"विषयक साँस्कृतिक प्रदर्शनी काठमाण्डौंमा

(GMT+08:00) 2017-10-31 16:21:33

        चीनको चुङ्नान जातीय विश्वविद्यालयद्वारा संयोजन गरिएको "रङ्गीन चीन"विषयक साँस्कृतिक प्रदर्शनी नेपालको काठमाण्डौं विश्वविद्यालयमा सुरु भयो।

        चुङ्नान जातीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय सहयोग तथा आदानप्रदान विभागका प्रमुख फाङ् च्यान व्हाले"रङ्गीन चीन"साँस्कृतिक प्रदर्शनी यसअघि पाकिस्तानमा चार पटक प्रदर्शनी गरिएको जानकारी दिँदै हाल नेपाल आएकोमा एकदमै खुशी लागेको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार यस साँस्कृतिक प्रदर्शनीमा मुख्य गरी चिनियाँ अल्पसंख्याक जातीय नाचगान समेटिएको छ।

        काठमाण्डौं विश्वविद्यालयका उपकूलपति रामकण्ठ माकाजु श्रेष्ठ चुङ्नान जातीय विश्वविद्यालयको साँस्कृतिक प्रदर्शनीको हार्दिक स्वागत गर्नुभयो। उहाँका अनुसार नेपाल र चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण मित्रता छ। यी दुवै विश्वविद्यालयबीच पनि घनिष्ट सम्पर्क राखिएको छ। यो साँस्कृतिक प्रदर्शनी अझ बढी नेपाली विद्यार्थीले चिनियाँ सँस्कृतिबारे जानकारी लिनका लागि उपयुक्त हुने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु