फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीपीसीको 19औं महाधिवेशनपछि राष्ट्राध्यक्ष सीद्वारा पहिलो पटक विदेशीहरुसँग भेटवार्ता

(GMT+08:00) 2017-10-31 16:22:04

       चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोवर तीस तारिख पैचिङ्गस्थित छिङ्गह्वा विश्वविद्यालयको अर्थतन्त्र व्यवस्थापन विभागको परामर्शदाता समितिका विदेशी सदस्यहरु र चिनियाँ व्यवसायीहरुसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा राष्ट्राध्यक्ष सीले एक अभूतपूर्व अठोट र शक्ति बोकेको चीनले चौतर्फी रुपमा सुधारलाई गहन पारिरहेको छ भने निरन्तर रुपमा खुलापनले सुधारलाई प्रवर्द्धन गर्दै जाने धारणा व्यक्त गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीनले आफ्नो सार्वभौमिकता、सुरक्षा र विकासको हितलाई द्दढ संरक्षण गर्दै विदेशका लागि खुलापनको आधारभूत नीतिलाई कायम राख्दै जाने छ।

        अमेरिकी पाउल्सन कोषका अध्यक्ष हेनरी एम पाउल्सन、ब्ल्याकस्टोन समूहका महाप्रबन्धक स्टेफेन ए स्च्वार्जम्यान、एप्पल कम्पनीका मुख्य कार्यकारी अधिकारी टिम कुक、फेसबुक कम्पनीका संस्थापक एवम् मुख्य कार्यकारी अधिकारी मार्क जुकरवर्ग लगायत वर्तमान उद्योग तथा वाणिज्य क्षेत्रका नेतृत्व तहका व्यक्तिहरुले यस भेटवार्तामा भाग लिएका थिए। उनीहरुले चीनको भविष्यप्रति पूर्ण विश्वास लिँदै चीनले अन्तर्राष्ट्रिय मामिलामा अझ ठूलो भूमिका सिर्जना गर्ने आशा व्यक्त गरे।

जानकारी तथा लेखहरु