फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र दक्षिण कोरियाबीच सम्पर्क

(GMT+08:00) 2017-10-31 16:22:33

        चीन र दक्षिण कोरियाले हाल चिनियाँ सहायक परराष्ट्र मन्त्री खुङ्ग श्यान यौ र दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा कार्यालयका द्वीतीय कार्यकारी नाम ग्वान प्यो मार्फत् सम्पर्क राख्दै कोरियाली प्रायद्वीप समस्या लगायतका विषयमा छलफल गरेको छ।

         यी दुबै पक्षले आणविक अस्त्ररहित कोरियाली प्रायद्वीपको योजना साकार तुल्याउनका लागि अडानहरू पुनःसुनिश्चित गरेका छन्। साथै दक्षिण कोरियाले थाड समस्यामा तेस्रो मुलुकलाई लक्षित नगर्ने, र थाडले चीनको रणनीतिक सुरक्षामा हानी नपुर्‍‍याउने स्पष्ट पारेको छ। चीनले दक्षिण कोरियाले थाड सम्बन्धी समस्याको उचित समाधान गर्नसक्ने आशा व्यक्त गरेको छ। यी दुबै पक्षले सैनिक माध्यममार्फत् थाड समस्याबारे सम्पर्क कायम राख्दै जाने सहमति पनि गरेका छन्।

जानकारी तथा लेखहरु