फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग"क्षेत्रीय सहयोगका लागि हितकरः दक्षिण एशियाली विद्वान्

(GMT+08:00) 2017-10-31 16:29:11

         चीन、नेपाल、बंग्लादेश、भारत、पाकिस्तान आदि मुलुकबाट आएका विद्वानहरुले हालै नेपालको राजधानी काठमाण्डौंमा संयुक्त वक्तव्य सार्वजनिक गर्दै दक्षिण एशियाका विभिन्न मुलुकले"एक पेटी एक मार्ग"निर्माणलाई गहन पार्दै चीनसँगको सम्पर्कमार्फत् दक्षिण एशियाको एकीकरण प्रक्रियालाई अघि बढाउन आह्वान गरेका छन्।

          काठमाण्डौं विश्विद्यालयको कानूनशास्त्र विभागले हाल"दक्षिण एशिया-चीन सम्पर्क, क्षेत्रीय आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन"विषयक अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरेको थियो। चीन र दक्षिण एशियाली मुलुकका धेरै विद्वानहरुले यस गोष्ठीमा भाग लिँदै एक पेटी एक मार्गको निर्माण र दक्षिण एशियाली मुलुकबीचको सहयोग आदि विषयबारेमा छलफल गरेका छन्। उनीहरुको विचारमा "एक पेटी एक मार्ग"को निर्माणले पूर्वाधार प्रबन्धको निर्माण र विकासलाई प्रवर्द्धन गरेको मात्र नभई सामुदायिक मानव जातिका लागि श्रृँखलाबद्ध आर्थिक सहयोग परियोजना ल्याउने छ। दक्षिण एशियाली मुलुकले मैत्रीपूर्ण वार्ताबाट विवादको समाधान गर्दै क्षेत्रीय सहयोग गर्न सक्छन्। जसबाट अझ राम्ररी चीनसँग सम्पर्क राख्दै फाइदा तथा लाभ हासिल हुनेछ।

जानकारी तथा लेखहरु