फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाडबारे दक्षिण कोरियाको वचनवद्धता व्यवहारिक हुने चीनको अपेक्षा

(GMT+08:00) 2017-10-31 18:28:30

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले थाड समस्याको उचित रुपमा व्यवस्थापन गरी चीन-दक्षिण कोरिया विकासका अड्चन हटाउनु नै चीन र दक्षिण कोरियाको साझा इच्छा रहनुका साथै दुई पक्षको साझा हित अनुकूल रहेकोले दक्षिण कोरियाले आफ्नो वचनलाई व्यवहारमा उत्तार्नसक्ने आशा चीनले लिएको बताउनुभएको छ।

        आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। एकतीस तारिख विहान चीन र दक्षिण कोरियाका मिडियाले दुई देशबीच दौत्य सम्बन्धलगायत विषयबारे कुराकानी भएको खबर सार्वजनिक गरेका थिए।

          दुई देशबीच कुराकानीपश्चात् थाडबारे चीनको अडान परिवर्तन भएको छ कि भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता ह्वाले थाडबारे चीनको अडान यथावत् रहेको बताउनुभयो। उहाँले अमेरिकाको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीमा दक्षिण कोरिया संलग्न नहुने, दक्षिण कोरिया, अमेरिका र जापान सुरक्षा सहयोग विकासलाई सैन्य गठबन्धनको रुपमा विकास नगर्ने, थाड सिस्टमलाई अरु थप नबढाउने, वर्तमान थाड सिस्टमले चीनको रणनीतिक सुरक्षामाथि हानी नपार्ने अपेक्षा प्रकट गर्दै दक्षिण कोरियाले आफ्नो वचनलाई व्यवहारमा उत्तार्नसक्ने चीनको आशा सुनाउनुभयो।

जानकारी तथा लेखहरु