फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणले आपसी सम्बन्ध सुधारको सुअवसर ल्याउने अमेरिकाका लागि चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2017-10-31 18:37:49

        अमेरिकाका लागि चीनका राजदूत छ्वी थ्येन खाइले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्ने जानकारी दिनुका साथै यसबाट चीन-अमेरिका सम्बन्धमा थप विकासको अवसर मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।

         अक्टोबर तीस तारिख छ्वी थ्येन खाइले पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनपछिको ऐतिहासिक अवसर छोपेर राष्ट्रपति ट्रम्पले चीनको राजकीय भ्रमण गर्नुभएबाट चीनको भ्रमण गर्नुभएको पहिलो विदेशी शीर्षनेता पनि बन्ने उल्लेख गर्नुभयो। भविष्यमा चीन-अमेरिका सम्बन्ध विकासको दिशा निश्चित गरी स्वस्थ आपसी सम्बन्धको विकासलाई प्रवर्द्धन गर्नु नै राष्ट्रपति ट्रम्पको भ्रमणको प्राथमिकता रहने पनि उहाँले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु