फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नातेदारका लागि तिब्बती पोशाक बनाउने सपना

(GMT+08:00) 2017-10-31 18:41:35

पेशागत प्राविधिक शिक्षाको विकास गर्दै गरिबी निवारणलाई साकार तुल्याउनको लागि सछ्वान प्रान्तीय कान च तिब्बती स्वायत्त प्रिफेक्चरको लु हो जिल्लामा लाङकाचे थाङ्का चित्र कम्पनीको गुणस्तरीय श्रोत, सछ्वान प्रान्तीय तिब्बती भाषा स्कूल तथा पैचिङ नयाँ युग संचार लगानी कम्पनीको संयुक्त सहयोगमा पेशागत शिक्षा तालिम अखडाको निर्माण गरिएको छ र यसले तिब्बती क्षेत्रमा गरिबी निवारण तथा किसान र पशुपालकका छोराछोरीलाई सम्पन्न बन्नका लागि आधार बसालेको छ।

यस तालिम अखडामा थाङ्का कक्षा, लुगा सिलाउने सिप कक्षा राखिएको छ। यहाँका विद्यार्थीहरूले ३ वर्षसम्म सिकेपछि मात्र स्नातकको प्रमाणपत्र पाउन सक्छन्। यहाँ पढ्ने एक जना तिब्बती केटाले पढाइ सिध्याएपछि आफ्ना नातेदारका लागि तिब्बती पोशाक बनाउने सपना बुनेका छन्।

जानकारी तथा लेखहरु