फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट इन्धन आयातको तयारी

(GMT+08:00) 2017-11-01 16:38:10

        कर्मचारीलाई बिदाइ गरेर कामविहीन अवस्थामा रहेको नेसनल ट्रेडिङ लिमिटेडलाई आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा दिने तयारी गरेको छ। राजनीतिले थिलथिलो बनेर बन्द भएको सरकारी स्वामित्वको संस्थानलाई चीनबाट इन्धन आयात गर्न दिन अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ।

        आपूर्ति मन्त्रालयले चीनबाट तेल आयात गर्न सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा हालै प्रस्ताव पेस गरेको छ। आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले आयातलाई विविधीकरण गर्न आवश्यक रहेकाले चीनबाट इन्धन ल्याउन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति मागिएको जानकारी दिनुभयो। कारोबार अनलाइनका अनुसार इन्धन आयात गर्ने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो। त्यसका लागि अर्थको राय चाहिने भएकाले हालै प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ।

          चीनबाट थोरै परिमाणमा इन्धन आयात गर्न सके व्यापार विविधीकरणका साथै भारतको एकाधिकार तोडिँदै जाने उहाँको भनाइ छ । अध्ययन कमिटीले व्यापार प्रवर्द्धन गर्ने प्रदर्शनी केन्द्र बनाउने, हेभी उपकरण ल्याएर बेच्ने, परम्परागत काम गर्ने, नेपाल आयल निगम र खाद्य संस्थान गाभ्ने र अन्तिममा खारेज गर्ने सुझाव दिएको थियो। राजनीतिले थिलथिलो बनेर बन्द हुने अवस्थामा पुगेपछि लिमिटेडका कर्मचारीलाई अवकास दिइएको थियो। २ सय ६४ जना कर्मचारीलाई डेढ अर्ब रुपैयाँ खर्चेर अवकाश दिइएको हो।

जानकारी तथा लेखहरु