फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेताहरुद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनस्थलको अवलोकन

(GMT+08:00) 2017-11-01 08:56:13

        चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सम्पन्न भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव समेत रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सैनिक व्युरोका अध्यक्ष एवं राष्ट्रपति सी चिन फिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु नीङ, चाउ ल चि, हान चङले अक्टोबर 31 तारिख पैचिङ्गबाट शाङ्गहाइ आदि क्षेत्रतर्फ प्रस्थान गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको पुनरावलोकन गर्नुभएको छ। उहाँहरुले शाङ्गहाइमा पर्ने चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन संयोजन स्थल लगायत चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक स्मारकहरूको अवलोकन गर्नुभएको छ।

         त्यसक्रममा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण भाषण दिनुभयो। उहाँका अनुसार प्रारम्भिक विचारधारा नबिर्सेर कार्यभारलाई मनमा राख्दै सधैं प्रयासरत रही चिनियाँ कम्युनिष्ट पार्टीलाई दीर्घकालीन रुपमा युवाकालमा राख्नसकिने छ। चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्य र सारा देशका विभिन्न जातिले एकबद्ध भएर प्रयास गरेपछि जनगणतन्त्र चीनको महान पुनरुत्थानको सपना पूरा गर्न सकिनेछ।

जानकारी तथा लेखहरु