फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र रुसी प्रधानमन्त्रीबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2017-11-01 17:56:41

       चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले अक्टोवर 31 तारिख पैचिङस्थित त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा चीनको भ्रमणमा रहनुभएका रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभसँग भेटवार्ता गर्नुभएको छ।

       भेटवार्तामा दुवै पक्षले चीन र रुसबीचको सम्बन्धमा प्राप्त असल विकासको उच्च मूल्याङ्कन गरेका छन्। प्रधानमन्त्री लीका अनुसार यस वर्ष राष्ट्राध्यक्ष सी चिन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरै पटक गरी सफल वार्ता र टेलिफोन वार्ता गर्नुभएबाट शक्तिशाली रुपमा यी दुबै मुलुकबीचको सम्बन्धको विकासलाई प्रवर्द्धन गरेको देखिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनपछि प्रधानमन्त्री मेदभेदेभ चीनको भ्रमण गर्ने पहिलो विदेशी नेता हुनुहुन्छ। यसबाट यी दुबै मुलुकबीचको उच्चस्तरीय तथा घनिष्ट सम्बन्ध प्रतिबिम्बित भएको छ। चीनले रुससँग आपसी पारस्परिक विश्वासलाई मजबुत बनाउँदै सहयोग र आदानप्रदानलाई विस्तार गर्दै जाने आशा गरेको छ।

        भेटमा प्रधानमन्त्री मेदभेदेभले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको सफल संयोजनप्रति बधाइ दिनुभयो। साथै रुसले चीनसँग आपसी सम्बन्ध तथा सहयोगले अझ ठूलो योगदान पाउने आशा पनि प्रधानमन्त्री मेदभेदेभले गर्नुभयो।

जानकारी तथा लेखहरु