फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकार, परराष्ट्र मन्त्रालयका कर्मचारी चिनियाँ भाषा सिक्दै

(GMT+08:00) 2017-11-01 17:57:06

        नेपाल सरकार परराष्ट्र मन्त्रालयका लागि चिनियाँ भाषा कक्षा अक्टोवर 31 तारिख काठमाण्डौंमा औपचारिक रुपमा सञ्चालन गरिएको छ। सो चिनियाँ भाषा कक्षा नेपालको परराष्ट्र मन्त्रालय、नेपालका लागि चिनियाँ राजदूतावास र काठमाण्डौं विश्वविद्यालयद्वारा संयुक्त रुपमा संयोजन गरिएको हो। नेपाली परराष्ट्र मन्त्रालयका लगभग तीस युवा कर्मचारीले 80 घण्टे पेशागत तालिम लिइरहेका छन्।

        नेपालका लागि चिनियाँ राजदूतावासका राजनितिक मामिला काउन्सिलर याङ्ग श छाउले यस कक्षाको उद्घाटन समारोहमा तीन वर्षपछि नेपाली परराष्ट्र मन्त्रालयमा फेरि चिनियाँ भाषा कक्षा खोल्नुसँग महत्वपूर्ण भावार्थ रहेको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार यस चिनियाँ भाषा कक्षाले चीन र नेपालबीचको साँस्कृतिक आदानप्रदानमा पुलको रुपमा यी दुबै मुलुकका जनताबीचको मित्रतालाई बढाउनसक्ने आशा छ। साथै यस कक्षामा भाग लिने सबै नेपाली कर्मचारीले चिनियाँ सँस्कृतिप्रति अझ जानकारी लिनसक्ने अपेक्षा प्रकट गरेका छन्।

जानकारी तथा लेखहरु