अमेरिकाको न्यूयोर्कस्थित मैनहटन क्षेत्रमा अक्टोवर 31 तारिख एक सानो ट्रकले ठक्कर दिँदा आठ जनाको मृत्यु हुनुका साथै दशभन्दा बढी घाइते भएका छन्। न्यूयोर्कका राज्यपाल एण्ड्रयु कोमोका अनुसार यो घटना एक स्वतन्त्र आक्रमण भएकाले अझै ठूलो आक्रमणको कुनै सूचना छैन।
यस आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटरमार्फत् मृतकहरुप्रति शोक प्रकट गर्दै मृतकका परिवारजनप्रति सान्त्वना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यो घटना असामान्य मानसिक पागलद्वारा गराइएको हो। त्यस्तै कानुन कार्यान्वयन विभागले यस घटनाको विकासअवस्थाबारे ध्यान दिइरहेको जनाइएको छ।