फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा अपहरित चिनियाँ नागरिकको मृत्यु भैसकेको पुष्टी

(GMT+08:00) 2017-11-01 18:13:53

         चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले गत मे महिनाको अन्ततिर पाकिस्तानमा अपहरणमा परेका दुई जना चिनियाँ नागरिकको मृत्यु भइसकेको जानकारी दिनुभएको छ।

        आज एक तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँले पाकिस्तानले उक्त खबरको पुष्टी गरेको भन्दै चीनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो।

         सो अपहरणको गतिविधिपछि चीनको परराष्ट्रमन्त्रालय, पाकिस्तानका लागि चीनका राजदूतावास र वाणिज्य दूतावासले आपतकालीन संयन्त्र लगाएर पाकिस्तानसँगको सहकार्यमा जीवनरक्षाका लागि प्रयास गरेका थिए, प्रवक्ता ह्वाले भन्नुभयो। उहाँले पाकिस्तानले सक्दो प्रयास गरी हत्यारालाई छिटो पक्राउ गर्नसक्ने चीनको आशा रहेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु