फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व रचनात्मक शहर सूचीमा चार वटा चिनियाँ शहर संलग्न

(GMT+08:00) 2017-11-01 18:38:53
          संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन अर्थात् युनेस्कोले अक्टोबर एकतीस तारिख विज्ञप्ति प्रकाशित गरी जनाएअनुसार, छाङ शा, मकाउ, छिङ ताउ, उ हान यी चार वटा चिनियाँ शहरलाई विश्व रचनात्मक शहर सञ्जालमा राखिएको छ जसबाट शहरको दीगो विकासमा रचनात्मक अनुभवको महत्वपूर्ण स्थान देखाउन सकिन्छ।

          उक्त विज्ञप्ति अनुसार, चवालीस वटा मुलुक र क्षेत्रका चौसट्ठी वटा शहरलाई यसै खेपको रचनात्मक शहर नेटवर्कमा राखिएको छ भने चीनको छाङ शा, मकाउ, छिङ ताउ, उ हानलाई बेग्ला बेग्लै गरी डिजिटल कला, खाद्य सँस्कृति, चलचित्र कला, डिजाइनको उपलब्धिको आधारमा सो नेटवर्कमा राखिएको हो।

          सन् 2004 मा युनेस्कोको प्रस्तावमा विश्व रचनात्मक शहर नेटवर्क स्थापना भएको थियो। त्यसले लोक कला तथा हस्तकला, डिजिटल कला, डिजाइन, चलचित्र कला, खाद्य कला, साहित्य, संगीत यी सात क्षेत्रबाट शहरको रचनात्मक क्षमताको मूल्याङ्कन गर्ने गरेको छ। शहरबीच रचनात्मक अनुभवबारे वैचारिक आदान-प्रदान हुने त्यसको लक्ष्य रहेको छ।

जानकारी तथा लेखहरु