फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दगचुङसा तिब्बती औषधि कारखानाको भ्रमण

(GMT+08:00) 2017-11-02 15:01:16

सछ्वान प्रान्तीय कान च तिब्बती स्वायत्त प्रिफेक्चरको दग जिल्लामा अवस्थित दगचुङसा तिब्बती औषधि कारखानामा नवीन चिकित्सा उपकरण तथा यन्त्रको प्रयोग हुन्छ। साथै यसै अस्पतालमा आधुनिक तथा परम्परागत तरिकामार्फत रोगीहरूलाई सुविधाजनक रूपमा औषधि पनि प्रदान गरिन्छ।

सन् १९७५ मा स्थापित यस अस्पतालले दश वर्गमिटरको क्षेत्रफलबाट आज १८७२ वर्गमिटरसम्म विस्तार गरेको छ। स्थापनाकालदेखि यहाँ बहिरंग विभाग, ल्याब(औषधि निर्माण कक्षा) र भण्डार छन्। हाल यस अस्पतालमा ५ जना तिब्बती चिकित्सक कार्यरत छन् भने स्थायी कर्मचारी २० जना छन्। यसका अतिरिक्त, अस्थायी कर्मचारी र चिकित्सा स्वयमसेवक पनि छन्।

अस्पताल वरिपरिका ९ वटा साना शहर र गाँउबस्तिका १०० वटा प्रशासनिक गाँउका किसानहरूको चिकित्सा र स्वास्थ्यको हेरचाह गर्ने जिम्मा यसै दगचुङसा तिब्बती अस्पतालको हो। साथै यस अस्पतालले तिब्बतको छङतु, छिङ्हाई प्रान्तीय यु शु, कान्सु प्रान्तीय कान नान र युननान प्रान्तीय ती छीङ यी सुदूर क्षेत्रका लागि पनि तिब्बती औषधि र तिब्बती चिकित्सक तालिम प्रदान गर्ने गर्दछ।

सन् १९८९ देखि यता, दगचुङसा तिब्बती अस्पतालले धेरै पटक परम्परागत उपायको आधारमा मूल्यवान तिब्बती औषधि बनाएको छ र सन् २०१० मा तिब्बती-हान जातिय भाषाको तिब्बती औषधि पुस्तक पनि सम्पादन गरेको थियो।

जानकारी तथा लेखहरु