फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हुने निर्वाचनका लागि चीनबाट निर्वाचन सामग्री आयात

(GMT+08:00) 2017-11-02 16:27:34

       नेपालमा मंसिरमा हुन लागेको निर्वाचनका लागि चीनबाट निर्वाचन सामग्री आयात गरिएको छ। रसुवागढी भन्सार कार्यालयले दिएको जानकारी अनुसार पहिलो चरणमा एक सय ३७ हजार थान निर्वाचन सामग्री आयात भएको छ। नागरिकन्यूज डटकमका अनुसार निर्वाचन सामग्री बोकेका पाँच ओटा कन्टेनर बुधबार दिउँसो नेपाल प्रवेश गरेका थिए।

        उक्त कन्टेनरमा मसी, रबर म्याट र छेकाबार ल्याइएको छ। निर्वाचनका लागि ३५ हजार मसी, ३० हजार छेकाबार र ७७ हजार थान रबर म्याट बोकेका ती कन्टेर बुधबार नै काठमाण्डौ पठाइएको छ । रसुवागढी नाका हुँदै आएको उक्त सामग्री नेपाल प्रहरी र शसस्त्र प्रहरीको स्कटिङमा निर्वाचन आयोग लगिएको हो।

         यो पटकको निर्वाचन सामग्री ग्लोबल लोजेष्टिक कम्पनीले आयात गर्ने छ। कम्पनीका महाप्रबन्धक प्रदिप बस्नेतका अनुसार केरूङमा पाँच ओटा कन्टेनरमा सेक्युरिटी शिल, मसी, छेकाबार, स्ट्याम म्याट लगायतका अन्य सामग्री लोड भैरहेको छ। निर्वाचन सामग्री ल्याउनका लागि १० ओटा कन्टेनर प्रयोग गरिने र सामग्री नअटेमा अन्य कन्टेनरको पनि प्रयोग हुने महाप्रबन्धक बस्नेतले बताए । आउन बाँकी रहेका सामग्री केही दिनमा नै नेपाल ल्याइने बताइएको छ।

जानकारी तथा लेखहरु