फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका परराष्ट्र कर्मचारीहरूलाई अरबी, फ्रेन्च र चिनियाँ भाषाको प्रशिक्षण

(GMT+08:00) 2017-11-02 16:28:01

       आफ्ना कर्मचारीलाई परराष्ट्र मन्त्रालयले विभिन्न भाषाको प्रशिक्षण सुरु गरेको छ।मन्त्रालयले अधिकृत र नायब सुब्बा तहका कर्मचारीलाई आइतबारदेखि अरबी, सोमबारदेखि फ्रेन्च तथा मंगलबारदेखि चिनियाँ भाषासमेत प्रशिक्षण सुरु भएको हो। परराष्ट्रले आफ्ना कर्मचारीलाई नेपाली र अंग्रेजीबाहेक अर्को एउटा भाषा अनिवार्य सिक्नुपर्ने नियम ल्याएको छ।

        पहिलो चरणमा तीन भाषालाई महत्त्व दिइएको हो।अरबीमा २७ र फ्रेन्चमा २३, चिनियाँमा २७ कर्मचारी प्रशिक्षणमा सहभागी छन् सहभागी भएको मन्त्रालयले जनाएको छ।

        नायब सुब्बा र अधिकृतहरूले परराष्ट्र सेवा प्रवेश गरेपछि १ सय ३५ घण्टाको यो भाषा प्रशिक्षण अनिवार्य लिनुपर्नेछ।

         मन्त्रालयका अुनसार अरबी भाषा नारायणहिटीस्थित राहदानी विभागमा चार बजेपछि पढाइ भइरहेको नेपालखबर अनलाइनले जनाएको छ। फ्रेन्च र चिनियाँ भाषाको प्रशिक्षण सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयका दुई फरक हलमा दिने व्यवस्था मिलाइएको छ।

जानकारी तथा लेखहरु