फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ साझेदार व्यवसायीबीच विवाद

(GMT+08:00) 2017-11-02 17:56:03

         चिनियाँ व्यवसायी छ्यु लङ्गले हिजो एक तारिख कानूनी तवरले "खोजीको रातो सूचीमा" रहेका भगौडा अपराधी क्वो वन क्वीलाई आपराधिक उजूर गर्दै अमेरिकाको सम्बन्धित पक्षले क्वोलाई छिटो सुपुर्दगी गर्न आव्हान गरेका छन्। व्यवसायी छ्युले आफ्नो वास्तविक नामले भगौडा अपराधी क्वीलाई राज्य स्वामित्वको सम्पत्ति हरण गरेको उजुरी गरेपछि अपराधी क्वोद्वारा हुँदै नभएको आपरोप लगाइएको कारणले जेलमा प्रवेश गरेका हुन्।

          जानकारी दिइएअनुसार पहिले छ्यु लङ्ग र क्वो वन क्वी धेरै वर्षसम्म साझेदार थिए। व्यापारिक कारणले ती दुई व्यक्तिबीच विवाद उत्पन्न भयो। क्वोले विभिन्न तरिकाले छयु र उनका परिवारलाई हानी पुर्याए। सन्2010देखि छ्युले वास्तविक नामले क्वो र तत्काल राष्ट्रिय उप सुरक्षा मन्त्री मा च्यान आदि व्यक्तिद्वारा सरकारी अधिकार प्रयोग गर्दै अबैध रुपमा पैसा लिएको मुद्दा विवरण रिपोर्ट गर्न थालेका थिए। सन्2011मार्च 31 तारिख छ्युले राष्ट्रिय सुरक्षा मन्त्रालयका पदाधिकारी र सार्वजनिक प्रहरीद्वारा "अबैध बन्दूक राखेको अभियोगमा"पक्राउ गरिएको थियो। त्यसपछि छ्युलाई 15वर्षको कारावास सजाय दिइएको थियो। सन्2015 मा च्यान आदि व्यक्ति बेग्लाबेग्लै रुपमा अपराध निश्चित भए। सन्2017को सेप्टेम्बरमा छ्युलाई निर्दोष करारका साथ रिहा गरियो।

          छ्युका अनुसार हाल उनले सम्बन्धित प्रमाण संकलन गरिरहेका छन्। उनले कानूनी माध्यमले अमेरिकामा रहेका भगौडा अपराधी क्वो वन क्वीविरूद्ध उजूर गर्ने भएका छन्।

जानकारी तथा लेखहरु