फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र रुस सञ्चार माध्यम आदानप्रदान वर्ष सफलताका साथ सम्पन्न

(GMT+08:00) 2017-11-02 17:57:11

        चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो एक तारिख दिउँसो जनवृहत् सभाभवनमा रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभसँग चीन रुस सञ्चारमाध्यम आदानप्रदान वर्षको समापन समारोहमा भाग लिँदै भाषण दिनुभएको छ।

        समारोहमा प्रधानमन्त्री लीले भाषण दिनुभएअनुसार दुई वर्षअघि यी दुवै मुलुकका नेताहरुले चीन र रुस सञ्चारमाध्यम आदानप्रदान वर्ष सुरु गरेका थिए। दुई वर्षयता यी दुबै पक्षका सञ्चार माध्यमबीचको आदानप्रदानमा राजनीति、अर्थतन्त्र、सँस्कृति、जनजीवन आदि विभिन्न पक्ष समेटिएको उपलब्धि प्राप्त भएको देखिन्छ। यस आदानप्रदान वर्षबाट यी दुबै मुलुकबीचको सम्झना र मित्रतालाई गहन पारिएको छ।

         प्रधानमन्त्री मेदभेदेभका अनुसार यस आदानप्रदान वर्षमा प्राप्त उपलब्धिले यी दुबै मुलुकका सम्बन्धमा नयाँ भावार्थ सिर्जना गरेको छ। रुसले रुस र चीनबीचको मानवीय आदानप्रदान र सहयोगमा नयाँ कोशेढुङ्गा सिर्जना गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु