फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र रुसी प्रधानमन्त्रीबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2017-11-02 18:01:05

        चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हिजो एक तारिख पैचिङ्गमा रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार रुस चीनको सबैभन्दा ठूलो छिमेकी मुलुक र चौतर्फी रणनीतिक सहयोगात्मक साझेदार हो। चीनको विकास तथा चीन र रुसबीचको सम्बन्धलाई गहन पार्ने स्पष्ट उद्देश्य तथा अठोटमा कुनै परिवर्तन गरिने छैन। यी दुबै मुलुकले प्रधानमन्त्री स्तरीय नियमित वार्ता प्रणालीलाई पूर्ण प्रयोग गर्दै ऊर्जास्रोत、उपकरण、कृषि व्यवसाय、अन्तरीक्ष आदि क्षेत्रमा आपसी सहयोगलाई मजबुत बनाउँदै जानसक्ने छन्।

        त्यस अवसरमा रूसी प्रधानमन्त्री मेदभेदेभले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको सफल संयोजन र सी चिनियाँ राष्ट्राध्यक्षमा फेरि निरन्तर हुनुभएकोमा बधाइ दिनुभयो। उहाँका अनुसार रुसले चीनसँग विभिन्न पक्षबीचको आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्दै जानेछ।

जानकारी तथा लेखहरु