फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधान गरे सबैलाई फाइदा: चीनको परराष्ट्रमन्त्रालय

(GMT+08:00) 2017-11-02 18:27:30

        चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले कूटनीतिक उपायमार्फत् शान्तिपूर्ण रुपमा कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान भएमा विभिन्न पक्षमा सबैभन्दा ठूलो फाइदा पुग्नसक्ने बताउँदै यो नै अन्तर्राष्ट्रिय समूहको साझा अपेक्षा रहेको विचार व्यक्त गर्नुभएको छ।

       आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। एक तारिख दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनले कांग्रेसलाई सम्बोधन गर्दै कोरियाली प्रायद्वीपको शान्तिलाई व्यवहारमा उतार्नु नै दक्षिण कोरियाको अन्तिम लक्ष्य रहेको भन्दै जुनसुकै अवस्थामा कोरियाली प्रायद्वीपमा सशस्त्र भिडन्त हुन नहुने बताउनुभयो। उहाँले नाकाबन्दी त उद्देश्य होइन तर उत्तर कोरियालाई वार्तामा ल्याउनका लागि मात्र भएको बताउनुभयो। त्यसबारे चर्चा गर्दै प्रवक्ता ह्वाले सम्बद्ध विभिन्न पक्षले वार्ता गर्नका लागि अझ बढी प्रयास गर्नुपर्ने र त्यसमा चीनले समर्थन दिनुका साथै दक्षिण कोरियासँग बढी सल्लाह गरी कोरियाली प्रायद्वीप आणविक समस्या वार्तालाई सकेसम्म छिटो सही बाटोमा ल्याउन इच्छुक रहेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु